प्रभुले दियो देशब्यापी तालिम

पुष ७, काठमाडौँ-प्रभु मनि ट्रान्फरले देशभर तालीम तथा प्रशिक्षण अभियान थालेको छ । प्रभु मनि ट्रान्फरसँग आवद्ध रहेका विप्रेशण सव एजेन्ट तथा सहकारी संस्थाहरुलाई लक्ष्यित गरी देशव्यापि रुपमा सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी गतिविधिमा हुने वित्तिय लगानि विषयक सचेतना तालिम संचालन गरीएको मनि ट्रान्फरले जनाएको छ ।

तालिमामा सहभागिहरुलाई विप्रेशणलाई माध्यम वनाई हुनसक्ने सम्पत्ति शुद्धिकारण सम्वधि गतिविधिलाई रोक्न रेमिटेन्स कम्पनि तथा सव एजेन्टको भुमिकाको वारेमा चर्चा गरीएको छ । रेमिटेन्स कम्पनि तथा सव एजेन्ट र सहकारी संस्थाहरुलाई ऐन तथा नियमावलिले व्यवस्था गरेको दायित्व, सिमा क्षेत्रवाट हुनसक्ने अवैधानिक कारोवार, इन्टरनेट मार्फत हुन सक्ने वित्तिय अपराधको आदिको वारेमा जानकारी गराइएको थियो ।