पदमकन्या कलेजमा चर्को फि

पुष ७, काठमाडौँ- विद्यार्थीलाई लिइने चर्को शुल्क घटाउन माग गर्दै काठमाडौ पद्मकन्या कलेजका स्ववियु सभापति आमरण अनसनमा बस्नु भएको छ ।

कलेजका स्ववियू सभापति स्वास्तीक पोख्रेल पाँचदिन देखी आमरण अनसनमा रहनु भएको हो । कलेजले बिबिए तथा बिएचडी लगायतको तहमा चर्को शुल्क बढाएकाले तत्काल शुल्क घटाउन माग गर्दे आमरण अनसनमा बसेको सभापति पोख्रेलले बताउनु भएको छ । पद्मकन्या कलेजका प्रशासानीक नेतृत्वमा महिलाहरु ल्याउनु पर्ने, कलेजलाई अपांग मैत्री बनाउनु पर्ने, होस्टल तथा कलेजको स्तरन्नोती गर्नु पर्ने लगायतको माग रहेको आन्दोलनमा सहभागि नेबिसँघका गिता गुरुङले जानकारी दिनु भयो । आन्दोलनको शुरुभएपनि क्याम्पस प्रशासनले बेवास्ता गर्ने, तथा विद्यार्थी नेतृहरुलाई पुलिस प्रशासन लगाएर धम्क्याउने तथा अनावश्यक दुख दिने गरेकाले अझ शशक्त आन्दोलनमा जान बाध्य भएको नेविसंघ इकाईसमितिले जनाएको छ ।