केपी ओलीको कुरा सुवास नेम्वाङले काटे

पुष ७, काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूसँग दुई तिहाइ बहुमत भएकाले माघ ८ भित्रै प्रक्रियामा गएर संविधान जारी गरिने दाबि गरिरहँदा ओलीको दाबीलाई संविधानसभाका अध्यक्ष सुवासचन्द्रले असम्भव भन्दै खण्डन गर्नु भएको छ । संविधानसभा अध्यक्ष नेम्वाङले दलहरुवीच सहमति नभए प्रक्रियामा गएर माघ ८ भित्र संविधान बनाउन नसकिने स्पष्ट पार्नु भएको हो । ‘नेताहरु भित्र झगडा गर्छन् र बाहिर आएर पक्रियाबाटै संविधान बनाउछौं भन्नुहन्छ भन्दै अध्यक्ष नेम्वाङले ‘नेताहरुले कुरै नबुझेको बताउनु भएको छ । कुरा बुझेर बोलिदिए हुन्थ्यो, सहमति भएन भने प्रक्रियाबाट माघ ८ मा संविधान बनाउन समयनै पुग्दैन कसरी बन्छ संविधान उहाँको भनाई छ ।’ दलहरुवीच संविधानका विवादित विषयमा सहमति हुनासाथ प्रक्रियालाई छोट्याउने विषयमा पनि सहमति गर्नुपर्ने हुन्छ उहाँले भन्नु भयो । सहमति भएको अवस्थामा मात्रै कार्यतालिका फेरबदल गरी छोटो बाटोबाट माघ ८ मा संविधान बनाउन सकिन्छ । तर, अबको ३२ दिनमा प्रक्रियामा गएर संविधान बनाउन समय नपुग्ने नेम्वाङले बताउनु भयो । ‘सहमतिबाटै प्रक्रियामा जाने हो भने पनि माघ ८ मा संविधान बनाउन भ्याइँदैन,’‘झन् सहमति नै नगरी प्रक्रियाबाट संविधान बनाउन कसरी सम्भव हुन्छ ? यो सम्भव छैन । दलहरुवीच सहमति नभई माघ ८ मा संविधान बन्न सक्दैन ।’ सहमतिबाट नियमावलीका कतिपय प्रावधानहरु निलम्बन गरेर जनमत संकलनलाई स्थगन नगरेसम्म प्रक्रियामा गएर संविधान बनाउन नभ्याइने एमाओवादी सभासद अग्नि सापकोटाको भनाइछ ।