ट्यूनिशियामा भएको पहिलो राष्ट्रपति निर्वाचनमा वृद्ध नेता बेजी एसेब्सी विजयी

पुष ७, एजेन्सी -ट्यूनिशियामा भएको पहिलो राष्ट्रपति निर्वाचनमा वृद्ध नेता बेजी एसेब्सी विजयी भएका छन् । ८८ वर्षिय एसेब्सिले ५५ दशमलब ५ प्रतिशत मत पाएको बिबिसीले जनाउको छ । निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

विद्रोही समूहले चुनाव बिथोल्ने धम्कि दिएपछि मतदानका क्रममा त्यहाँको सुरक्षा व्यवस्था अन्त्यन्तै कडा बनाईएको थियो । ट्यूनिशियामा लामो समयको तानाशाही पछि लोकतान्त्रिक प्रक्रियाबाट भएको यो चुनावलाई ऐतिहासिक चुनाव मानिएको छ । एसेब्सीको विजयी सुनिश्चितपछि उनका समर्थकहरुले विजयी जुलस निकालेका छन् । उनले मतदान सकिए लगतै एक टेलिभिजनमा अन्तरावर्ता दिदै आफ्नो विजयी टुनेसियाका सहीदप्रति समर्पित गर्ने बताउदै विपक्षीलाई समेत मिलाएर अघि बढ्ने प्रतिबबटता व्यक्त गरेका थिए ।