सामान ढुवानीमा खच्चरको प्रयोग बढ्दै

पुष ७, धुन्चे (रसुवा)- रसुवाको हिमाली क्षेत्रमा खाद्य सामग्री ढुवानीका लागि खच्चर प्रयोगकर्ता दिनानुदिन बढ्दै गएका छन् ।

पर्यटकका सामग्री बोक्न स्याफ्रुबेसीबाट लाङटाङ क्षेत्रमा सुरु भएको खच्चरद्वारा सामान ढुवानी गर्ने कार्य क्रमशः विस्तार हुँदै जाँदा मोटरबाटो नपुगेको चन्दनबारी, गोसाइँकुण्ड, बृद्धिम, चिलिमेको तातोपानी, थुमन, नाकथली, हाकुसम्म विस्तार भएको खच्चर ढुवानीकर्ता देवी तामाङले बताउनुभयो ।

एउटा खच्चरले ५० देखि ७०-८० केजीसम्म सामान ढुुवानी गर्ने र एउटै गोठालाले पाँच÷सातवटा खच्चर सहज रुपले गन्तव्यसम्म पु¥याउन सक्ने व्यवसायीले बताएका छन् ।

स्थानीय कामदार रोजगारीको सिलसिलामा विदेसिएपछि सामान बोक्ने भरिया अभावकै कारण जिल्लामा ५० भन्दा बढी खच्चर दैनिक प्रयोग भइरहेको व्यवसायीले भनाइ छ ।

खच्चरबाट ढुवानी गर्दा दूरीको हिसाबले प्रतिकेजी १० देखि २५ रुपैयाँसम्म ढुवानी शुल्क लिने गरेको बताइएको छ ।