विश्वासको बावतरण खोई

पुष ७, काठमाडौँ- संविधान निर्माणका क्रममा दलहरुवीच अचानक उत्पन्न तिक्तता हटाएर पुनः छलफललाई जारी राख्न केही नेताहरुले प्रयास शुरु गरेका छन् । नेताहरुको प्रयासपछि आज पुनः प्रमुख दलका नेताहरुवीचको संवादले निरन्तरता पाउने अपेक्षा राखिएको छ । यसक्रममा हिजो बेलुकी नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एकीकृत माओवादी अध्यक्ष पुष्पमल दाहालसंग भेट गर्नुभएको छ । भेटमा संविधान निमाृणका क्रममा सहमतिको विकल्प नभएकोले दलहरुवीच पुनः छलफलको वातवरण निर्माण हुनुपर्नेमा कुराकानी भएको थियो ।

भेटमा विगतमा सहमति र सम्झौतालाई आत्मसात् गर्ने कि नगर्ने भन्ने विषयले नै संविधान लेखन प्रक्रिया सङ्कटको भूमरीमा फसेको भन्दै तत्काल विश्वासको वातावरण बनाउने बारेमा छलफल भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाको सन्देश बोकेर अध्यक्ष दाहाललाई भेट्न लाजिम्पाट पुग्नुभएका महामन्त्री सिटौलासँग अध्यक्ष दाहालले पेलैर जाने हो कि सहमति गर्ने हो बल तपाइँहरूको कोर्टमा छ , तत्काल निर्णय गर्नुस् भनेर जवाफ दिनुभएको बताइएको छ ।

महामन्त्री सिटौलाले सहमतिको विकल्प नभएकामा आफूहरू प्रतिबद्ध रहेको, वार्ता र सम्वादबाटै विवादित विषयमा सहमति खोज्नुपर्नेमा कटिबद्ध रहेको जानकारी गराउनु भएको थियो । यसैवीच एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको १९ दलीय गठबन्धनले संविधानका विवादित विषयमा सहमति कायम गर्न दवाव दिन भन्दै आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ । मोर्चाको दिउसो १ बजे बस्ने बैठकले संविधानसभा र सडकमा शुरु गरिने आन्द्योलनको बारेमा निर्णय गर्ने जनाएको छ । मोर्चाले हिजो संविधासभाका अध्यक्ष सुभाष नेम्बाङलाई भेटेर सहमतिको आधारमामात्र संविधान निर्माणको प्रक्रिया अघि बढाउने ध्यानकर्षण गराएको थियो ।