सवारी साधानमा आरक्षित सिटको कार्यान्वयन नगराउने लाई कारबाही गर्ने क्रम जारी – ट्राफिक प्रहरी

पुष ७, काठमाडौँ- ट्राफिक प्रहरीले सार्वजानकि सवारी साधानमा आरक्षित सिटको कार्यान्वयन नगराउने सवारी चालक र यात्रुलाई कारबाही गर्ने क्रमलाई जारी राखेको छ । यसक्रममा हिजो दिनभरीमा महिला आरक्षण सिटमा बस्ने ३ सय ७६ जना पुरुषलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिईएको छ भने आरक्षण सिटको कार्यान्वयन नगराउने ४११ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सार्वजनिक सवारी साधनहरुमा आरव्क्षित सिटमा तोकिएको व्यक्ति मात्रै बस्नु पर्ने कानुनी व्यवस्था रहेकोमा यसको पुर्ण कार्यान्वयन नभएको पाईएकोले ट्राफिक प्रहरीले यात्रुलाई समेत नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । अधिकाशं सार्वजनिक सवारी साधनहरुमा आरक्ष्ँित सिटको प्रभाबकारी कार्यान्वयन नभएको गुनासो आएकाले ट्राफिक प्रहरीले गत मंगलबार देखि अनुगमनलाई तिब्रता दिएको जनाएको छ ।

यस्तै सवारी नियम उल्लंघन गरि सवारी साधन चलाउने १ हजार ७ सय ५२ जना सवारी चालकलाई ट्राफिक प्रहरींले हिजो कारवाही गरेको छ । महाशाखाका अनुसार ढोका खुल्ला गरी सवारी साधन चलाउने, मोबाईल फोनमा कुराकानि गर्दै सवारी चलाउने, मादाकपदार्थ सेवन गरी सवारी चलाउने, सहचालकले सवारी साधनबाट शरिर बाहिर निकाल्ने, जथाभावि यात्रु चढाउने र ओराल्ने चालकलाई कार्वाही गरेको जनाएको छ । यसैवीच गएराती राजधानीको शान्तिनगर गेट नजिक मोटर साईकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा मिन भबन बस्ने ५१ वर्षिय अमिता तुलाधर रहेकी छिन । घाईतेको हाल नभिर्क अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।