प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता अन्तर्गत आज दुई वटा खेल

पुष ७, काठमाडौँ- प्रथम दक्षिण एसियाली महिला भलिबल प्रतियोगिता अन्तर्गत आज दुई वटा खेलहरु हुने भएको छ । पहिलो खेल दिउँसो २ः०० बङ्गलादेश र माल्दिभ्सबीच हुनेछ भने दोस्रो खेलमा ४ः०० बजे भारत र श्रीलङ्ले प्रतिस्पर्धा गर्नेछ । नेपालले भने समूह चरणको अन्तिम खेल भोली श्रीलंकासंग खेल्ने छ ।

शुरुकादुई खेल जितेर हौसिएको नेपाल हिजोको खेलमा भने भारतसंग ३–० ले पराजीत भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपाली महिला टोली भारतसँग ३–० को सोझो सेटमा पराजित भएको हो ।