मैथिल सम्मेलन आजबाट

पुष ७, काठमाडौँ- जनकपुरमा आजबाट अन्तराष्टिय मैथिल सम्मेलन शुरु हुँदैछ । सम्मेलनको दिउसो १ बजे राष्टपति डा. रामबरण यादवले उद्घाटन गर्नुहुने कार्यक्रम छ । सम्मेलनमा नेपाल, भारत लगायत विभिन्न देशबाट मैथिल भाषा साहित्यमा योगदान पुर्याएका व्यक्तिहरुको सहभागिता रहने छ ।

जनकपुरको मारवाडी सेवा समितिको आयोजनामा हुन लागेको सम्मेलन भोलिसम्म चल्ने आयोजकले जनाएका छन् । सम्मेलनको उद्घाटन आज राष्ट्रपति डा रामवरण यादवले गदैछन् । सम्मेलनका लागी भन्दै डा यादव हिजो नै जनकपुर पुगिसकेका थिए । सम्मेलनले मैथिलीको कला र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । सम्मेलनमा नेपाल तथा भारतका मैथिली साहित्यकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।