संसद बैठक आज पनि

पुष ७, काठमाडौँ- संविधानका विवादित विषयलाई समेटेर तयार पारिएको संवाद समितिको प्रतिबेदनमाथि छलफल गनै संविधानसभाको बैठक आज पनि जारी रहेने भएको छ । आजको बैठक दिउसो १ः०० बजे बोलाएको छ । बैठकमा समितिको प्रतिबेदनमाथि बाँकी सभासदहरुले धारणा राख्ने क्रम जारी रहेने जनाएको छ ।

संविधानभसा बैठक बोल्ने क्रममा पनि सभासदहरुल्े दलीय धारणा अनुरुप विवादित विषयको पक्ष र विपक्षमा आरोप प्रत्यारोपमा लागेपछि संविधानसभा बैठक पनि औचित्यहीन बन्दै गएको छ । हरेकदिनजसो त्यही कुरामात्र दोहोरिने भएपनि बैठकमा सभासदहरु समेत जान छाडेका छन् ।

छलफलमा नेपाली काँग्रेस, नेकपा एमालेलगायतका सत्तारुढ दलले सहमति नभए प्रक्रियामा गएर पनि संविधान बनाउन जोड दिँदै आएका छन् भने एमाओवादी, मधेशवादी लगायत विपक्षी दलहरुले सहमतिबाटै संविधान जारी गरिनुपर्ने बताउर्द आएका छन् । संसाद समिति सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको प्रतिवेदनमा मंसिर २९ गतेदेखि छलफल जारी छ ।