प्रधानमन्त्रीलाईं समितिमा बोलाइयो

पुष ७, काठमाडौँ-विभिन्न मन्त्रालयवीच समन्वय नहुँदा विकास निर्माणका काममा बाधा पुगेको भन्दै व्यवस्थापिका संसदका तीनवटा समितिहरुले आज संयुक्त बैठक आयोजना गरेका छन् । सिंहबदरबारमा जारी बैठकमा प्रधानमन्त्री सुशील कोइरालासंगै सम्बन्धीत मन्त्रालयका मन्त्रीहरुको सहभागीता रहेको छ ।
संसदको कृषि तथा जलश्रोत समिति, अर्थ समिति, र विकास समितिले संयुक्त बैठकको आयोजना गरी सरकारको धारणा बुझ्न प्रधानमन्त्री कोइरालालाई बैठकमा बोलाएको हो । संयुक्त बैठकमा तीनवटै समितिले हालसम्म गरेका विकास निर्माण, उर्जा विकास, बजेट विनियोजन लगायतमा देखिएको समस्याको बारेमा छलफल गरिने एक साँसदले जानकारी दिएका छन् । यस्तै आजको बैठकमा तीनवटै समितिको कार्यक्षेत्रमा रहेका मन्त्रालयहरुमा सरकारले के कस्ता योजना तथा गतिविधिअघि बढाइरहेको छ भन्ने बारेमापनि प्रधानमन्त्रीको धारणा बुझ्ने बताइएको छ ।