सहमति नभए माघ ८ मा संविधान नबन्ने ठोकुवा

पुष ६, काठमाडौँ- एमाओवादी नेतृत्वको १९ दलको साझा मोर्चाले आज संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङलाई भेटेर सहमतीमै संविधान निर्माणको वातावरण निर्माण गर्न आग्रह गरेको छ । आज बिहान बसेको मोर्चाको निर्णय अनुसार सभाअध्यक्षलाई भेटेर उनिहरुले सहमतीका लागि वातावरण निर्माण गरिदिन आग्ह गरेका हुन् ।

सहमतीको कुरा गर्दा कांग्रेस एमाललेका नेताहरुले पेलेर लैजाने नियतले प्रस्तुत भएको गुनासो गर्दै अध्यक्ष दाहालले सहमती विना संविधान जारी हुनै नसक्ने बताउनु भएको छ । भेटपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले एमालेका नेता केपीआली प्रति आक्रमक अभिव्यक्तिी दिनुभएको छ । उहाँले ओलीले आफूलाई महाराज र अरुलाई रैती जस्तो व्यवहार देखाएको भन्दै ओली यो देशको ठेकदार वा महाराज कोही नभएको बताउनु भएको छ । उहाँले ओलीले सहमतिको वातावरण बिगारेको आरोप लगाउँदै सहमति नभए संविधान माघ ८ मा बन्नै नसक्ने उहाँले बताउनु भएको छ । संविधानसभा अध्यक्षलाई भेटेपछि सम्वाद समितिका सभापति एवं माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले विवादित विषय आफ्नो समितिलाई नै जिम्मा दिन माग गर्नु भएको छ ।