संवाद समितिको प्रतिवेदनमा सभासदले धारणा राख्ने क्रम जारी

पुष ६, काठमाडौँ-संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन बारे छलफल आज पनि जारी रहने भएकमो छ । बैठक अहिले केही बेरमा सुरु हुने संसद सचिवालयले जनाउको छ ।

संवाद समितिले संविधानसभामा बुझाएको प्रतिवेदनमाथि झण्डै एक सातादेखि सभासदहरुले आआफ्नो धारणा राखिरहेकामा आज पनि सोही क्रम जारी रहने संसद सचिवालयका प्रवक्ता मुकुन्द शमाृले बताए ।

शर्माका अनुसार आज सभासदहरुले अपरान्ह ४ बजेसम्म आफ्नो धारण राख्ने छन् । गएको शुक्रबारको बैठकमा सभासदहरुले संविधानमा सहमति पनि नगर्ने र प्रकृयामा पनि नजाने भए  संविधानसभा विघटन गर्नुपर्ने सम्मका धारणा राखेका थिए ।