अधिकारी हत्याका आरोपित थप एक जना पक्राउ, आज चितवन लगिने

पुष ६, काठमाडौँ -छोराका हत्यारालाई कारवाहीको माग गर्दै आमरणअनशनकै क्रममा तीन महिना अघि ज्यान गुमाएका नन्दप्रसाद अधिकारीका छोरा कृष्णप्रसाद अधिकारीका अर्का हत्यारलाई प्रहरीले पक्राउ गरेको छ । केही समय यता देखि खोजी कार्य जारी राखेको प्रहरीले फरार रामप्रसाद अधिकारीलाई काठमाडौंकोबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अधिकारलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोललिे पक्राउ गरेको हो । पक्राउ गरिएका अधिकारीलाई आज चितवन लैजाने प्रहरीले जनाएको छ । स्व अधिकारीकी आमा  गंगामाया अधिकारी भने अहिले उपचारको क्रममा अस्पतालमै छन् । घटना भएको लामोसमय पछि प्रहरी फेरी सक्रिय बनेर थप आरोपितलाई पक्राउ गरेको हो ।

चितवन जिल्ला अदालतले १३ जनाको नाममा वारेन्ट जारी गर्दा पक्राउ परेका अधिकारी फरारको सुचीमा थिए । चितवनको रत्ननगर नगरपालिकाबाट तत्कालिन नेकपा माओवादीले अधिकारीको जेठ २३ गते अपहरण गरि जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।