सुन्तला विक्री गरेर मनग्य आम्दानी गर्दै कृषकहरु

पुष ६, पर्वत- पश्चिमाञ्चलका पर्वत,  तनहुँका कृषकहरले यस बर्ष सुन्तला बिक्री गरेरै मनग्य आम्दानी गरेका छन् ।  पहिले घरमा खानमात्र उत्पादन हुने गरेकोमा अहिले यि जिल्लाका कृषकहरुले अहिले व्यवसायिक रुपमै सुन्तला खेतीमा लागेर राम्रो प्रगती गरेका छन । पर्वतको देउपुर का मदन अर्यालले विगतमा भन्दा यो बर्ष दोब्र आम्दानी गरेको बताए । उनले आफ्नो सबै  बारी भरी बगैचा बनाएर सुन्तला खेती गरेका छन् । उनले यस बर्ष सुन्तलाको बगैचा ठेक्का दिएर ५ लाख रुपैयाँ कमाएका छन् । त्यस्तै तनहुँ मा यो बर्ष सुन्तला उत्पालदनमा बृद्धि भएको कृषकहरुले बताएका छन् ।