महिला भलिवलमा भारतसँग नेपाल पराजित

पुष ६, काठमाडौँ-प्रथम दक्षिण एसियाली आमन्त्रित भलिबलको तेस्रो खेलमा नेपालले भारतसँग पराजय व्यहोरेको छ। त्रिपुरेश्वर स्थित कभर्ड हलमा पाहुना टोली भारतले नेपाललाई २५(१६, २५(१७, २५(१७ को सोझो सेटमा हराएको हो।

यस अघि नेपालले पहिलो खेलमा माल्दिभ्स र दोस्रो खेलमा बंगलादेशलाई नेपालले हराएको थियो। नेपालले मंगलबार श्रीलंकासँग खेल्ने छ।