विशेष महाधिवेशन गर्ने एमाओवादी अध्यक्ष दाहालको प्रस्ताव

पुष ६, काठमाडौँ-एकिकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दै छ । विराटनगर महाधिबेसन पछि सुरु भएको केन्द्रीय समीतीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । समितीको बैठकमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पेस गर्नु भएको प्रस्ताव माथि आज पनि थप छलफल जारी रहने भएको छ ।

अध्यक्ष दाहालले पार्टीभित्रको विवाद समाधान गर्न २०७२ माघमा विशेष महाधिवेशन गर्ने र नेतृत्व हस्तान्त्रन लागयतका औपचारीक प्रस्ताव गर्नुभएको छ । गत साल विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले चयन गरेको नेतृत्वले सबैलाई समेट्न नसकेको भन्दै वरिष्ठ नेता डा बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गर्नुभएपछि साङ्गठनिक समस्या बेहोर्दै आएको एमाओवादीलाई सहजरूपमा अगाडि बढाउन उक्त प्रस्ताव गर्नुभएको बताइएको छ ।

२८ वर्ष सम्म नेतृत्व सम्हाल्दै आउँनु भएको दाहालको प्रस्ताव माथि नेता तथा कार्यकर्ताहरु विभन्न अड्कलबाजि काटेका छन् । अध्यक्ष दाहाल र वरिष्ठ नेता डा भट्टराईबीच लामो समय चलेको विवादका कारण दुई दर्जनभन्दा बढी जिल्लामा समानान्तर समिति समेत गठन भएको थियो ।