यसरी भाँडियो बालुवाटार बैठक

पुस ६ ,काठमाडौं,- संविधानका मुख्य विवादित बिषय शासकीय स्वरुप र संघियतामा निर्णायक छलफल गर्न शनिबार बसेको तीन दलको बैठक चर्काचर्कीपछि स्थगित भएको छ । बालुवाटारमा बसेको बैठकमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरूबीच चर्काचर्की भएको हो । प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलिसकेपछि एमाओवादी नेताले आपत्ति जनाउदै बैठक छाडेर हिडेका थिए ।

बैठकमा एमाले अध्यक्ष ओलीले २२ दलीय मोर्चा विघटन गर्ने माग गर्नुका साथै संविधानमा सहमति नभए प्रक्रियामा जाने बताएपछि एमाओवादी नेताहरू बिच्किएका थिए । त्यसअघि प्रधानमन्त्री कोइरालाले दुवै पक्षलाई ुविनविनु हुनेगरी समझदारीमा आउन एमाओवादी नेताहरूलाई आग्रह गरेका थिए । लेनदेनकै आधारमा सहमति गरौं । सहमति गर्दा कसैले जित्ने र कसैले हार्ने रुपमा नभई विनविन हुने गरी समझदारी जुटाउँ । समय खेर नफालौुं प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । त्यसलगतै एमाले अध्यक्ष ओली बोलेका थिए । उनले सुरुमै एमाओवादी नेतृत्वमा रहेको २२ दलिय मोर्चा विघटन हुनुपर्ने माग गरेका थिए ।

एमाओवादीले भने सहमतिलाई भन्दा प्रक्रियालाई मात्रै जोड दिन थालेकाले बैठक छाडेको बताएको छ । अध्यक्ष पुष्पकमल दाहालले भनाई राखिसकेपछि एमाओवादीले बैठक बहिष्कार गरेको थियो । ुतपाईहरू सहमतिका लागि ठोस प्रस्ताव पनि नल्याउने, हाम्रो कुरा पनि नमान्ने, खाली प्रक्रियामा जाने कुरा गर्नुहुन्छ । तपाईहरू संविधान बनाउने पक्षमा हुनुहुन्नु, दाहालको भनाइ थियो, ुयसले मुलुकमा मुठभेडको अवस्था ल्याउछ ।

ओेलीले संघीयताबारे एमाओवादी(मधेसीले ल्याएको प्रस्तावले ुसाम्प्रदायिक, जातीय द्वन्द्वु ल्याउने टिप्पणी गरेका थिए । उनले चारजना मधेसी नेताले भनेजस्तो संघीयता मान्न नसकिने तर्क गरेपछि वातावरण बिग्रिएको बैठकमा सहभागी एक नेताले बताए ।

संघीयताको बिषय थाँती राखेर संविधान जारी गर्न सकिन्छ, त्यसका लागि आयोग बनाउनुपर्छु, ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भने, ुसंविधान प्रक्रियामा गएर भए पनि बनाइन्छ । उनले पहिलो संविधानसभाले गरेका कामबारे अनभिज्ञता प्रकट गर्दै ब्यंग्य गरेका थिए । ओलीले शनिबार जनजाति नेताले पहिचानसहितका संघीयताको पक्षमा गरेको प्रदर्शनप्रति आपत्ति जनाएका थिए ।

बैठकपछि ओलीले सहमतिको संभावना टर्दै गएको ट्वीटरमार्फत् बताएका छन् । ुतपाईँहरू संविधान बनाउने पक्षमा हुनुहुन्न भन्दै प्रचण्डजी तीन दलको बैठकबाट जर्याकजुरुक उठेर हिँडेपछि सहमतिको संभावना लगभग सकियोु ओलीले भनेका छन् ।

बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कांग्रेस, एमालेले सहमतिभन्दा प्रक्रियामा जोड दिएकाले गतिरोध आएको बताए । ठोस विषयवस्तुमा प्रवेश नगर्ने, प्रक्रियामा जाने धम्कीको भाषा बोल्ने काम सत्तारुढ दलबाट भयोु, उनले भने, त्यसपछि बैठक अवरुद्ध हुन पुग्यो ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले एमाओवादीले सहमति नभए प्रक्रियामा जाने कुराको बिरोध गर्दै बैठक छाडेर हिडेको बताए । एमाओवादीले ठोस कुरा ल्याएन । पेल्न खोजेको आरोप लगायोु, उनले भने, ुहामीले सहमति नभए प्रक्रियामा जानुपर्छ भनेका मात्र के थियौं, एमाओवादी नेता बैठक छाडेर हिड्नुभयो ।

उनले सबैको भावना समेट्ने संविधान आवश्यक भएको बताए । के हामीलाई जस्तो संविधान भए पनि हुने हो रु के नेपालमा कुनै संविधानै नभएर एक थान छापिएको कागज चाहिएको हो रु पक्कै हैनु, उनले भने, हामीले सात दशकमा विभिन्न वलिदानीपूण्र संघर्ष गरेर प्राप्त गरेका लोकतान्त्रिक र जनवादी क्रान्तिका उपलव्धि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी समानुपातिक लोकतन्त्र, आथिर्क(सामाजिक रुपान्तरणलाई संस्थागत गर्ने अग्रगामी संविधान चाहिएको हो । कान्तिपुर दैनिक मा खबर छ ।