अर्थतन्त्री महतद्धारा अस्वस्थ्य प्रतिस्पर्धा रोक्न ब्रोकरहरुलाई आग्रह

काठमाडौं-अर्थमन्त्री डा रामशरण महतले अस्वस्थ्य प्रतिस्पर्धा रोक्न ब्रोकरहरुलाई आग्रह गरेका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको २०औं वार्षिक साधारणसभामा मन्त्री महतले अर्थतन्त्रको कुनै पनि सूचकले पूँजी बजार घट्नुपर्ने स्थिति आफुले नदेखेको दाबी गरे ।

पछिल्लो समय  अर्थतन्त्र सकारात्मक रहेपनि पूँजी बजार घटदै जान थालेकोबारे उनी समेत आश्चर्यमा परेको बताए ।
मन्त्री महतले पूँजी बजारमा आयकर तत्काल हटाउन नसकिने प्रष्ट पार्दै छलफलका लागि भने सरकार तयार रहेको उल्लेख गरे ।