पर्वत एमाले अध्यक्षमा गिरी बिजयी

पौष ५,पर्वत-नेकपा एमाले पर्वतको आठौ जिल्ला अधिबेशनबाट पदम गिरी अध्यक्ष  अध्यक्ष पदमा बिजयी भएका छन् । शनिबार बिहान सार्वजनिक भएको नतिजामा मत परिणामले ओली र नेपाल पक्षमा मिश्रीत परिणाम देखाएको छ । प्यानल नै बनाएर गरिएको निर्वाचनमा ओली पक्षका पदम गिरी बिजयी भएको पर्वतबाट संचारकर्मी सुवास लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार पदाधिकारी र कार्यसमितिमा नेपाल पक्षका उम्मेबारको बर्चस्व देखिएको छ । पदाधिकारीमा मिश्रीत परिणाम आएपछि कार्यकर्ताले पार्टीमा दुबै पक्षलाई मिलाएर पठाउँन चाहेको अनुमान गरिएको छ । अध्यक्ष पदमा बिजयी पदम गिरीले १ सय ४२ मत प्राप्त गरेका छन् ।

त्यस्तै अध्यक्ष पदका पराजित उम्मेदवार राजु पौडेलले १ सय १५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पौडेल प्यानलकै भक्त कुवँर, सचिब पदमा पदमपाणी शर्मा बिजयी भएका छन् । उपसचिबमा गोबिन्द पहाडी बिजयी भएका छन् ।

तस्बिर सौजन्य : पदम गिरी