संविधान बन्न नदिनेका लागी संविधान गतीलो झापड हुनेछ : प्रकाशमान सिंह

पौष ५,काठमाडौं-उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले पछिल्लो समय संविधान बन्न नदिन भन्दै केही शक्ती लागीपरेको आरोप लगाएका छन् । उनले संविधान बन्न नदिने षड्यन्त्रमा लागेका त्यस्ता शक्तिहरुका लागी संविधान नै एउटा महत्वपुर्ण झापड हुने समेत दाबी गरेका छन् ।

नराम्रा काममा लागेकाले उनीहरुको अभिष्ट पूरा नहुने भन्दै उनीहरु छिट्टै परास्त समेत हुने उनले दाबी गरे । गणेशमान जन्मशताब्दीको अवसर पारेर गणेशमान सिंह अध्ययन केन्द्रले शनिबार ललितपुरमा गरेको कार्यक्रममा मन्त्री सिंहले सबैको प्रतिनिधित्व र अधिकार सुनिश्चि हुने संविधान बन्ने बताए ।

लौहपुरुष गणेशमान सिंहको प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण योगदान रहेको भन्दै उनले गणेशमानको उच्च विचारको मूल्यांकन गरेर अगाडि बढ्नुपर्ने खाँचो औंल्याए । सो अवसरमा उनले दलहरुबीच सहमति नभए प्रक्रियामा गएर संविधान जारी हुने उल्लेख गरे ।