इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत आज ७ ओटा खेल हुँदै

काठमाडौं- इंग्लीस प्रिमियर लिग फुटबल अन्तर्गत आज ७ ओटा खेल हुँदै छन् । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेस विरुद्द्ध खेल्ने छ ।

उपाधि दावेदार म्यानसिटीले आफ्नै मैदानमा नेपाली समयअनुसार साँझ साढे ६ बजे क्रिस्टल प्यालेस विरुद्ध खेल्ने कार्यक्रम छ । ३६ अंकका साथ दोस्रो स्थानमा रहेको म्यानसिटी जित हात पार्दै शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गर्ने दाऊमा छ । लिग तालिकामा १५ अंक जोडेको क्रिस्टल प्यालेस भने १६ औं स्थानमा छ ।
यस्तै, राति पौने ९ मा एस्टोन भिल्लाले आफ्नै मैदान भिल्ला पार्कमा तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।
त्यसैगरी, हल सिटीले आङ्खनै मैदानमा स्वान्सी सिटी, क्वीन्स पार्क रेन्जर्सले आफ्नै मैदानमा वेष्ट ब्रोमविच अल्वीयन, साउथह्याम्टनले घरेलु मैदानमा एर्भटन, टोटनह्याम हटस्परले आफ्नै मैदानमा बर्नले तथा वेस्टह्याम युनाइटेडले आफ्नै मैदान अप्टन पार्कमा लेस्टर सिटीसँग खेल्दै छ । लिग तालिकामा चेल्सी १६ खेलबाट ३९ अंकका साथ शीर्ष स्थानमा छ ।