यातायात महासंघले बैज्ञानिक भाडादर निर्धारण गरेपछि दार्चुलाका जीप व्यवसायी आन्दोलित

पुष ५, दार्चुला-यातायात व्यवसायी महासंघले बैज्ञानिक भाडादर निर्धारण गरी जिल्लामा पठाएपछि दार्चुलाका जीप व्यवसायी समिति शुक्रबारबाट आन्दोलित भएका छन् । सदरमुकाम सम्म जोडिएका कालोपत्रे सडकमा बैज्ञानिक भाडादर अढाई रुपैयाँ प्रतिकिलोमिटर निर्धारण गरिएपछि व्यवसायी आन्दोलित भएका हुन् । जीप व्यवसायीहरुले शुक्रबार रातीबाट सदरमुकाम खलंगाको गल्फै अस्पताल क्षेत्रमा जीपहरु सडकमा तेस्र्याएर यातायातका साधन ठप्प पारेका छन् ।

आधादर्जन जीपहरु सडकमा राखिएका छन् । जीप व्यववसायीहरुले प्रहरी नियन्त्रणमा लिएका जीप चालक किसनसिह धामी, सिवसिह धामी, खेमसिह सामन्त र केशव भट्टलाई रिहाई नगरु्न्जेल सवारी आवत जावतमा ठप्प पार्ने चेतावनी दिएका छन् । जीप व्यवसायीहरुले रातीबाटै गरेको सडक अवरुद्धका कारण गल्फै क्षेत्रमा दार्चुलाबाट शनिबार साढे पाँच बजे छुटेको महाकाली यातायात समितिको बस, प्रहरीको भ्यान र ड्लििपको गाडी रोकिएका छन् ।

प्रहरीले भारतीय राजदुताबासका प्रथम सचिव मदनसिह भण्डारी शंकरपुरमा निर्माण गरिएको शंकरपुर क्याम्पसको भवन अनुगमन गर्न र मालिकार्जुन जाने कार्यक्रम भएकोले सडक खुलाइदिन जीप व्यवसायीहरुलाई आग्रह गरेको छ । व्यवसायी महासंघले दार्चुलाबाट सञ्चालन बसहरुको लागि प्रतिकिलिोमिटर ३ रुपैयाँ ८ पैसा र जीपहरुको लागि प्रतिकिलोमिटर २ रुपैयाँ ६८पैसा मूल्य निर्धारण गरेको छ ।