महिला भलिबलमा आज दुई खेल हुने

पुष ५,काठमाडौँ -एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आज दुईवटा खेल हुने भएका छन् । प्रथम दक्षिण एशियाली खेल काठमाण्डुको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने पहिलो खेलमा भारत माल्दिभ्स भिड्नेछन् भने दोस्रो खेलमा नेपाल बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल र श्रीलंका विजयी भएका थिए प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्स गरी पाँच राष्ट्रले भाग लिने सो प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।