पाकिस्तानले फेरी फाँसीको सजाय सुरु गर्यो

काठमाडौँ- केही दिन अघि पाकिस्तानमा विद्रोहीहरुले गरेको विद्यार्थीको नरसंहारपछि विद्रोहीहरुप्रति सरकारले कडा कदम चाल्ने भएको छ । यसैबिच पाकिस्तानमा जन्मकैदको सजाय भोगिरहेका दुइजना विद्रोहीलाई फाँसी दिइएको छ।
पेशावरस्थित एक विद्यालयमा नरसंहार भएलगत्तै प्रधानमन्त्री नवाज शरिफले फाँसीको सजायमा लगाइएको रोक्का फुक्का गरेका थिए। नरसंहारमा यसै साता १ सय ४१ जनाको ज्यान गएको थियो जसमा अधिकांश विद्यार्थी थिए। झुण्ड्याइएका विद्रोहीहरुको यो हप्ता पेशावरमा भएको घटनासँग कुनै सम्बन्ध थिएन। तर विद्रोहीहरुप्रति कडा सन्देश दिन सरकारमाथि दवाव बढ्दै गइरहेका बेला उनीहरुलाई झुण्ड्याइएको हो ।

तिमध्ये एकजना पाकिस्तानी सेनाको मुख्यालय रावलपीण्डीमा आक्रमण गर्ने प्रमुख योजनाकारका रुपमा दोषी ठहर गरिएका थिए। र अर्का व्यक्ति पूर्व राष्ट्रपति परवेज मुशर्रफको हत्या प्रयत्नमा दोषी ठहर्याइएको थियो। उनीहरुलाई झुण्ड्याएर मारिएको घोषणा राष्ट्र संघीय मानव अधिकार कार्यालयले फाँसीको सजाय शुरु नगर्न आह्वान गरेको केहि घन्टापछि आएको थियो । आगामी दिनमा अरु दोषी ठहर गरिएका विद्रोहीहरुलाई झुण्ड्याएर मारिने ठानिएको छ।