सशस्त्र प्रहरी महानिरीक्षक वन्त भारत प्रस्थान

पुष ५,काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त भारतको सशस्त्र सीमा बल (एसएसबी) को ५१औं वार्षिकोत्सवमा आज सहभागि हुनुहुने भएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजना हुने कार्यक्रमको ‘सेरोमोनियल परेड’ र डिनरमा उहाँ सहभागी हुनु हुने कार्यक्रम छ । सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई, जीवनकुमार थापा र सिंहबहादुर श्रेष्ठ लगायत सशस्त्र प्रहरी बलका उच्च अधिकृतले हिजो बिदाई गर्नुभएको थियो ।
एसएसबीका महानिर्देशक बिडी शर्माले उक्त वार्षिकोत्सव कार्यक्रममा विशेष अतिथिको रुपमा निमन्त्रणा गरेपछि सशस्त्र प्रहरी महानिरीक्षक वन्त त्यसतर्फ जानुभएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीले जानकारी दिनुभयो ।