सत्यार्थीलाई नेपालमा अभिनन्दन गरिने

पुष ५,काठमाडौं- नेपाल भ्रमणमा रहनु भएका नोबेल शान्ति पुरस्कार विजेता भारतका बाल अधिकारका अभियन्ता कैलाश सत्यार्थी आज दाङ जाँदै हुनुहुन्छ । दाङस्थित ‘बेस’ नामक सामाजिक संस्थाको कार्यक्रममा भाग लिन सत्यर्थी त्यहाँ जान लाग्नु भएको हो । हिजो नेपालमा आउँनु भएका सत्यार्थी दाङको कार्यक्रममा सहभागि भएर काठमाडौँ फर्केपछि राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बाल अधिकारका अभियन्ता र्थीसत्यार्थीले हिजो एपेक्स कलेजले आयोजना गरेको कार्यक्रममा बोल्दै सत्यार्थीले विस्वका बालबालिकाले दिएको माया ममताले आफुलाई बालअधिकारको क्षेत्रमा लागीरहन प्ररणामिलेको बताउनु भएको थियो ।

नेपाललाई आफ्नो दोश्रो कर्मथलो मान्ने सत्यार्थी पुरस्कार जितेपछि पहिलो पटक काठमाडौ आउनु भएको हो । उहाले हिजो संविधान सभाका अध्यक्ष प्रधानमन्त्रि संग पनि भेटवार्ता गर्नु भएको थियो । बालश्रमबिरुद्धको विश्व यात्रा अभियानका अध्यक्ष सत्यार्थीलाई महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिको आयोजनामा भोली काठमाडौँमा अभिनन्दन गर्न लागिएको छ । सत्यार्थीले नेपाल र भारतका होटल तथा रेस्टुराँ, कलकारखाना, सर्कसका र बधुवा बालबालिकालाई उद्धार गरी शिक्षा–दीक्षा दिने र नेपालबाट भारतमा बेचिएका बालबालिकाको उद्धार गरी नेपाल फर्काउने काम गर्नुभएको थियो ।