विवादीत बिषयमा सहमती जुटाउँन आज देखि निर्णायक बैठक बस्दै

पुष ५,काठमाडौं- संविधानका विवादीत अन्र्तबस्तुमा सहमती जुटाउँन सत्तारुढ दलले आज देखि निर्णायक छलफल थाल्ने भएका छन् । सत्तारुढदल नेपाली काँग्रेस र नेकपा(एमाले)ले संविधान निर्माणको विषयमा प्रतिपक्षी दलसँग ठोस छलफल गर्ने भएका हुन । छलफलको समय भने विहान १० बजेको तए भएको छ ।

प्रमुख दलहरु पार्टीगत काम र बैठकमा व्यस्त रहे पछि केहि दिन देखि दलरु विच विवादीत विषयमा छलफल हुन नसके पनि आज जिम्मेवारी भावनाका साथ अन्तीम वार्ता सुरु हुने नेताहरुले बताएका छन् । संविधान लेखनमा देखिएका विवादित विषयमा दलहरुबीच पटक–पटक छलफल भएपनि हालसम्म सहमति भने हुन सकेको छैन । दलहरुबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली र निर्वाचन प्रणालीको विषयमा गम्भीर मतभेद् रहँदै आएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको दुई दलको बैठकले संविधान जारी गर्ने समय नजिकिदै गरेको भएपनि हालसम्म विवादित विषयमा सहमति जुट्न नसकेकाले एकीकृत नेकपा(माओवादी) र मधेसी दलहरुसँग अन्तिम र निर्णायक छलफल गर्ने निर्णय गरेको हो । आज, भोली र पर्सी प्रमुख दलको बैठक बस्ने र सहमतिको लागि अन्तिम प्रयत्न गरिने कंग्रेस एमालेलेजनाएका छन् । सबैले आ–आफ्ना अडान राख्नेभन्दा पनि सहमतिको उपाय के हुन सक्छ भन्नेमा संवेदशनशील भएर छलफलमा जुट्नेमा दुई दल सहमत भएको नेताको भनाइ छ ।