साफ महिला भलिबल प्रतियोगितामा नेपालको विजयी सुरूआत माल्दिभ्सलाई ३-०ले पराजित

पुष ४, काठमाडौं- आज त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा नेपालले विजयी सुरूआत गरेको छ।

उद्घाटन खेलमा माल्दिभ्सलाई ३-०को सोझो सेटमा हराउँदै विजयी सुरूआत गरेको हो।