दाङमा गाई मारेको अभियोगमा १२ वर्ष कैदसजाय

पुस-४, दाङ – दाङमा गाई मारेको अभियोगमा एक जनालाई १२ वर्ष कैदसजाय सुनिएको छ ।

दाङ जिल्ला अदालतले गाई मारेको अभियोग प्रमाणित भएपछि दाङ सैघा गाबिस वडा नम्बर ७ निबासी माघे पुनलाई १२ वर्षको कैद सजायको फैसला सुनाएको हो ।

लक्ष्मी पुनले आफ्नो गाईलाई फरुवाले टाउकोमा हानि मारेको भनि प्रहरीमा उजुरी दिएकोमा त्यो प्रमानित हुन गएकोले माघे पुनलाई उक्त सजाए भएको हो । सो उजुरीका आधारमा अनुसन्धान भई सरकारको तर्फबाट मुलुकी ऐन चौपायाको महलको ११ नम्बर बमोजिम सजाय हुन अभियोग दावि गरिएको थियो ।