विद्यार्थी संगठन रचनात्मक काममा

पुष ४, काठमाडौँ- विद्यार्थी संगठनहरुले महिनाको पहिलो शुक्रबारलाई रचनात्मक बनाउने भएका छन् । तोडफोडको संकार छाडेर रचनात्कम अभ्यासलाई अघि बढाउन आज देशभरकिा क्यापस अगाडी सरसफाई गरिदैछ ।

हरेक शुक्रबार अब सरसफाईलाई केन्द्रित गर्ने विद्यार्थी संगठनले जनाएका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेले आजबाट महिनाको पहिलो शुक्रबार रचनात्मक हुने बताउनुभयो । आजै दिउँसो सेमेस्टर प्रणालीका विषयमा विश्वविद्यालयका उपकूलपतिसँग छलफल हुँदैछ ।