संसदीय समितिले ट्राफिक व्यवस्थापन र शीतलहरको पूर्वतयारी बारे सरकारसँग जानकारी लिदै

पुष ४, काठमाडौँ- संसदीय समितिले देशभरीको ट्राफिक व्यवस्थापन र तराईमा देखिएको शीत लहरका विषयमा सरकारसँग जानकारी लिने भएको छ । व्यवस्था संसदको राज्य व्यवस्था समितिले बिहान ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनिकरणको तयारी र शीत लहरका विषयमा छलफल गर्न गृहमन्त्री बामदेव गौतमलाई बोलाएको छ ।

अहिले केहीबरमा सिंहदरबारमा बस्ने बैठकमा गृहमन्त्री गौतमसँगै सरोकारवाला अधिकारीलाई पनि बोलाइएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार शीतलहरका विषयमा तराईका नागरिकलाई जागाउने उपाय के छ रु भन्ने जानकारी पनि समतिले दिनेछ ।