विज्ञापन संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पुष ४, काठमाडौँ-नेपाल विज्ञापन संघ ९आन०को १५औं अधिवेशनबाट सन्तोष श्रेष्ठ अध्यक्षमा निर्वाचित  भएका छन् । उनले संघको हिजो भएको निर्वाचनमा १३७ मत ल्याउँनु भएको हो भने निकटतम प्रतिद्धन्द्धी रविन्द्रकुमार रिजालले ११८ मत ल्याएका छन् ।
यस्तै, उपाध्यक्षमा मोहम्मद अख्तर र उदय शाक्यले बराबर १२७र१२७ मत प्राप्त गर्रेका छन् ।  महासचिवमा नारायण कुमार श्रेष्ठ, सचिवमा धीरज लामिछाने, कोषध्यक्षमा यादवकुमार श्रेष्ठ, सहसचिवमा यमुना पौडेल निर्वाचित भएका छन् ।
पंकज प्रधान, मुना श्रेष्ट, रोशन प्रसाई, सालिकराम घिमिरे, निनु राजभण्डारी, रमेश पुरी ‘आन’को सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।