बिहिबारको भुकम्पले मानविय क्षती नगरेको पुष्टी

पुष ४, काठमाडौँ-हिजो राती ९ बजेर १७ मिनेटमा गएको भूकम्पबाट कुनै मानवीय क्षती नभएको बताइएको छ । सोलुखुम्वुलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले मानवीय क्षती नभएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताएका छन् । सोलुखुम्बुलाई केन्द्र बनाएर बिहीबार राति ९ बजेर १७ मिनेटमा ५।९ रिक्टर स्केलको भूकम्प गएको थियो ।  प्रहरीका अनुसार भूकम्प आएको समयमा सदरमुकाम सोलुसहितका अधिकांश स्थानमा मानिसहरु होहल्ला गर्दै घर बाहिर निस्किएका थिए । स्थानीय प्रशासनले भूकम्पको केन्द्र बस्तीरहित हिमाली Ôेत्र भएको अनुमान गरेको छ ।