पाकिस्तानमा ६ जना बिद्रोहीलाई फाँसी दिने वारेन्टमा हस्ताक्षर

पुष ४, काठमाडौँ-पाकिस्तानमा ६ जना बिद्रोहीलाई फाँसी दिने वारेन्टमा हस्ताक्षर भएको छ । त्यहाँका सेना प्रमुख जनरल राहिल शरिफले कोर्ट मार्शलमा मृत्युदण्डको सजाय पाएका ६ जना विद्रोहीलाई फाँसी दिने वारेन्टमा हस्ताक्षर गर्नुभएको विविसीले जनाएको छ ।  यी ६ जना  विद्रोहीलाई यस अघि नै सैन्य अदालतले मृत्युदण्डको सुनाईसकेको थियो ।

गएको मंगलबार विद्रोही तालिवानको आक्रमणमा १ सय ३१ जना बालबालिका सहित १ सय ४१ जना मारिएपछि पाकिस्तानले विद्रोही विरुद्ध कडा रुपमा प्रस्तुत हने बताइरहेकै बेला फाँसी दिने वारेन्टमा सेना प्रमुखले हस्ताक्षर गरेका हुन् । पाकिस्तानको आन्तरिक मन्त्रालयले पनि १७ जना कैदीलाई फाँसीको सजाय दिन सिफारिस गरेको छ ।

पाकिस्तान सरकारले हिजो आतंकका घटनामा मृत्युदण्डमाथि लगाईएको रोक हटाउनुका साथै त्यस विरुद्ध एक हप्ताभित्र नयाँ कार्ययोजना ल्याउने घोषणा गरेको थियो ।