नोवेल पुरस्कार बिजेता कैलाश आज काठमाडौँ आउँदै

पुष ४, काठमाडौँ-यस वर्षको नोवेल शान्ति पुरस्कार बिजेता कैलाश सत्यार्थी आज काठमान्डौ आउँदै छन् । बालअधिकारका लागि भारतमा ठूलो अभियान संचालन गर्नु भएका सत्यार्थीले आज आउँन लागेको स्रोतले जनाएको छ । सत्यार्थीले यहाँ रहँदा संसदको महिला तथा बालबालिका समितिका सदस्यसँग अन्तरक्रिया गर्ने छन् ।

नेपाल बसाईका क्रममा उहाले दाङ पुगेर बिभिन्न कार्यक्रममा सहभागी जनाउँने छन् । उनले  बाल अधिकारका क्षेत्रमा काम गरेका मानवअधिकारबादी संस्थाका प्रतिनिधिसँग पनि छलफल पनि गर्ने बताइएको छ । उनले राष्ट्रपति डा रामबरण यादव, प्रधानमन्त्री सुशील कोइराला लगायतका उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम रहेको छ । भारतका सत्यार्थी र पाकिस्तानकी युसुफ मलालालाई संयुक्तरुपमा यस बर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।