संविधानका लागि हामी’ अभियानमा साहित्यकारसँग छलफल हुने

पुष ४, काठमाडौँ-‘संविधानका लागि हामी’ भन्ने अभियान थालेका विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरूले संविधानका विषयमा साहित्यकारसँग छलफल गर्ने भएको छ । निर्धारित समयसीमामा राष्ट्रियता तथा सबै नागरिक एउटै छातामुनि अटाउने किसिमको संविधान ल्याउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका युवा हरुले सरकार संग आज छलफल गर्ने भएको हो । अभियान कर्ताले यस भन्दम अघि नयाँ लोकतान्त्रिक संविधान जारी गराउन अभिभावकीय भूमिका खेल्नका निम्ति राष्ट्रपति डा यादव समक्ष ज्ञापन पत्र बुझाई सकेको अभियानका संयोजक अस्मिता वर्माले  बताउनुभयो ।

अभियानले निर्धारित समयसीमामा राष्ट्रियता तथा सबै नागरिक एउटै छातामुनि अटाउने किसिमको संविधान ल्याउन विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएको पनि जानकारी दिए । यसैबीच उक्त कार्यक्रममा विभिन्न विद्यार्थी सङ्गठनका विद्यार्थी नेताहरूले सो अभियानलाई पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । माघ ८ सम्म जारी रहने सो अभियानमा युवाले विवादित विषय विज्ञलाई जिम्मा दिएर बाँकी विषयमा सहमतिकै आधारमा जनतामाझ संविधान ल्याउन आग्रह गरेका छन् ।