चर्को मतभेदका बिच संवाद समीतीको प्रतिवेदन माथि छलफल

मंसिर ४, काठमाडौँ-संविधानसभाको आजको बैठकमा पनि सम्वाद समीतीको प्रतिवेदन माथि छलफल जारी रहने भएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदन प्रक्रियामा लाने वा सहमतीका लागी सम्वाद समितीमा पुनं फर्काउँने भन्ने विषयमा सभासदहरुको मत बाँडिदा संविधान सभाको बैठक लम्बीन गएको हो । आजको बैठक पनि विहान ११ बजेका लागी संविधान सभा भवन नयाँ वानेश्वरमा तए भएको छ ।

सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफलमा भाग लिँदै नेपाली काँग्रेस र नेकपा९एमाले० दल सम्बद्ध सभासद्ले विवादित विषयमा सहमति जुटाउन नसक्ने भएकाले समितिमा पुनः प्रतिवेदन पठाउन नहुने भन्दै तत्काल प्रक्रियामा जानुपर्ने धारणा राख्दै आएका छन् ।

यता सहमतिको प्रक्रिया जारी रहेको र विगतको सम्झौताका आधारमा संविधान बनाउनुपर्ने भएकाले पुनः सहमति समितिमा नै विवादित विषय पठाउनुपर्ने एकीकृत नेकपा ९माओवादी तथा मधेसकेन्द्रित दल सम्बद्ध सभासद्हरुको भनाई रहेको छ । संविधानसभा नियमावली, २०७० बमोजिम संमितिको प्रतिवेदन माथि संविधानसभामा चलिरहको छलफलमा सहमती गर्ने भन्दा विधि र प्रक्रियामा जाने भन्ने विषयमा दलहरुबीच चर्को मत भेद देखिएको हो ।