काठमाडौंको यौन व्यापार : भुपाल गुरुङ्ग

विभिन्न शिलशिलामा मानिसहरु काठमाडौँ पुगेका हुन्छन्। आफ्नै कार्य व्यस्तताका बाबजुत राजधानी पुगेकाहरु पनि कोलाहल शहरको रंगिन संसारमा विलिन हुन पुग्छन। पश्चिमेली संस्कृतिले हडपेको काठमाडौँले बाहिरबाट गएका जो कोहिलाई भुलाईदिन्छ। शहरिया वातावरणमा रम्नेहरु पनि गुमनाम शहरमा रुमल्लिन्छन । यहि रंगिन संसरको जालो भित्र म पनि एक छिन हराउन पुगेछु । कुरा हो मंसिर २५ गतेको । अफिसियल काम लिएर काठमाडौँ फिरेको थिए । काठमाडौँ पुगेपछि साथीसंगै म पनि काठमाडौँ शहरका रंगिन दृश्यहरु बाहिरैबाट नियाल्दै सडकको पेटीमा हिडीरहेको थिए । दिन बित्दै थियो, घडीमा साँझको ५ बजेको हुदो हो, जाडो महिना भएकाले साँझ झमक्क पर्न लागिसकेको थियो । हामी दुई जना गफिदै काठमाडौँ रत्नपार्क तर्फ मोडिदै थियौं। जाडोले काठमाडौँको रत्नपार्क पनि अछुतो थिएन। सिरसिर चलेको बताससंगै साँझ परेकाले मानिसहरु आफ्नो गन्तव्यमा जान तछाड मछाड गर्दै थिए। कोहि व्यापार व्यवसायमा तल्लिन थिए। रत्नपार्कमा जाडो मौसममा चियाको चुस्कीसंगै रम्नेहरु प्रशस्तै देख्न सकिन्थ्यो। खुल्ला सडकको पेटीमा लुगाफाटा किनबेच गर्नेदेखि भुटुवा र चिउरा चपाउनेहरुको कमी थिएन्। व्यापार व्यवासाय गर्नेहरु पनि आफ्नो ग्राहकलाई रिजाउनै व्यस्त थिए। फुटपाथ भएकाले पनि ग्राहकहरु बार्गेनिङ्ग गरिरहेका होलान् भन्ने सोँचिरहेको थिए। रत्नपार्कको मालसामानमा बार्गेनिङ्ग चलिरहेको देख्दा मलाई खसै प्रभाव पारेन् त्यो नौलो थिएन्।रत्नपार्कको एक स्थान (करिव १५० मिटर) भित्र भने गुमनाम रुपमा मानिसहरु तातो आभास खोजिरहेका थिए। हातमा मालसामान राखेर व्यापार बार्गेनिङ्ग गर्नेहरुको भिडभाडसंगै माक्स लगाएर रित्तो हात हिडेर व्यापार गर्नेहरु पनि प्रशस्तै भेटिन्थ्ये। उनिहरु ग्राहकसंग के बार्गेनिङ्ग गरिरहेका छन भन्ने जिज्ञासा भयो। मालसामान विनै सडकका पेटीमा भेटिएका केहि महिलाहरुको बार्गेनिङ्गले मलाई त्यसतर्फ ध्यान तान्यो। महिला जस्तो देखिने तर युवकको आवाज भएका (तेस्रो लिङ्गी) हरु बार्गेनिङ्गमा मस्त थिए। उनिहरुको हाउभाउ हेर्दा अन्य युवतीहरु भन्दा केहि फरक थिएन्। सुकिला मुकिला जस्ता देखिने युवतीहरु बार्गेनिङ्ग मै सक्रिय थिए । म पनि त्यहाँको चर्तिकला हेर्दै थिए। यतिकैमा झ्वाट्ट एक युवती पनि मेरो सामु आएर सोधि हालिन् (जाने हो ? म नाजवाफ भए । मलाई केहि हदसम्म थाहा थियो रत्नपार्कमा दिनदाहडै यौवन बार्गेनिङ्ग हुन्छ। तर कसरी हुन्छ त खुल्ला सडकमा यौवन व्यापार ? भन्ने उत्सुकता मेटाउनु थियो । त्यो जिज्ञासा पुरा गर्ने अवसार प्राप्त गरे जस्तै लाग्यो र अवसरलाई सदुपयोग गर्दै आफ्नो पेशागत कर्तव्य निभाउने निधो गरे। मेरो पेशाले पनि मलाई छुटकराले दिएन् त्यस पछि मेरो ध्यान छिट्ट्रै त्यो बार्गेनिङ तर्फ केन्द्रीत भयो । रत्नपार्कको पेटीमा चलिरहेको व्यापारको ग्राहक बन्न म पनि तयार भए । मलाई नक्कली ग्राहक बन्न साथीले पनि हौस्याए।

दुई जनाको सल्लाह अनुसार हामीले पनि बार्गेनिङ्ग (अप्रेसन) शुरु गर्यौँ । हामी पनि रत्नपार्क सडकको पेटीमा केहि हराएको व्यक्ति जस्तै भौतारिएको अभिनाय गर्यौँ । एकैछिनमा एक महिला (करिव २६र२७ वर्षको हुँदो हो) हामी सामु आइन् र हामीसंग बार्गेनिङ्ग गर्न शुरु गरिन्। शुरुमा ति महिलाले मलाई कति समयको लागि हो ? भनेर सोधिन् मैले रेट मिले होल नाइट भने । त्यस पछि महिलाले होल नाइटको ३ हजार, रुम सहित भन्ने जावफ दिइन्। मैले ३ हजार मंहगो भएको जिकिर गर्दै घटाउन आग्रह गरे उनले रेट घटाउदै २५ सय सम्म जाने बताइन् तर होटलको पैसा हामीले तिर्नुपर्ने शर्तमा । ति युवती संग बार्गेनिङ्ग गरिहदाँ शुरुमा जाने हो भन्ने युवती पनि नजिकै आइन मैले ति युवतीतर्फ नजर लगाए जस्तो गरे र सोँधे लास्ट रेट कत्ति ? युवतीले मालसामानको मोल भए पो घटाउनु भन्ने जावाफ दिइन्। मैले घटाए मिलिहाल्छ नी भनेँ । उनले २ हजार सम्म मिल्ने जानकारी दिइन् । हामीलाई धेरै सुचना लिनु थियो त्यसैले मैले निर्णय नगरे पछि उनि प्रहरीसंग छलेको भान पारि त्यहाँबाट पर गइन् । महिलासंग बार्गेनिङ्ग नमिलेको भान पारि हामी अलि पर गयौँ ।

करिव १६ वर्ष देखि ५५ वर्ष सम्म जस्ता देखिने युवातिहरु कसैलाई पर्खीरहेको जस्तै माक्स लगाएर लस्कर उभिएका थिए । हाम्रो मिसन जारी राख्न अर्को युवतीतर्फ गयौँ । हामी एक युवतीसंग नजिकिन खोज्दै थियौँ तर एक युवती आएर सोधिँ हालिन (जाने हो ? हामीले हो, भन्यौँ । युवतीले कत्ति दिने भनिन् हामीले रेट कत्ति छ भन्यौँ । युवतीले रेट २ हजार भनिन् । हामीले दुइ जना हो भने पछि उनले ४ हजारमा दुई जना जान्छौँ भनिन् । मैले दुइ जना भए पछि अलि मिलाउनुपर्ने अडान राखे युवतीले दुई जना ३ हजार ५ सयमा यातायात भाडा सहित भनिन् । उनले सुविधा स्वारुप जाने आउने आफ्नै प्राइभेट कार भएको बताइन । सुविधा सम्पन्न रुपमा वार्गेनिङ्ग गरिरहेकी महिलाको उक्त जवाफ आए पछि मलाई लाग्यो यस पेशामा लागेका महिला बाध्यताले नभइ आर्थीक उपार्जन गर्ने गतिलो माध्यमका रुपमा कथित व्यापार गर्दैछन । मैले रेट मिलेन भन्दै इन्कार गरे । उत्ताउलो पाराले मुस्कुराइ रहेकी युवतीले आफ्नो फ्ल्याट नजिकै लैनचौरमा रहेको बताउदै कोठामै लैजाने भन्दै विश्वास्त पार्ने कोसिस गरिन्। हामीले रेट नै बढि भएको भन्दै अनकनाउन थाल्यौँ । युवती अलिक रिसाएको स्वभावमा जाने नै हो भने त्यहि रेट हो हैन भने मिल्दैन भन्दै अन्यसंग बार्गेनिङ्ग गर्नु भनिन् । अरु खोज्नुस् २ सय मै जान्छन उनिहरुलाई लैजानुस् ति युवतीले भनिन् । हामीलाई पनि मरिहत्ते गरिराख्नु थिएन् त्यसैले हामी पुनः अर्को युवाति संग बार्गेनिङ्गका लागि गयौँ । युवातिले कत्ति दिनुहुन्छ ? भनेर सोधिन् । मैले आफैले भन्नु हामीले भन्दा फरक पर्ला भने । किनकी मलाई सेवा हैन सुचना लिनुथियो । उनले २ हजार ५ सय अन्तिम रेट भनिन् । मैले दुई जना लैजाने हामीले नै होटल लिन्छौँ भने पछि महिलाले २ हजार सम्म मिल्छ भन्ने जावाफ दिइन् । ति युवतीहरु संगसंगै प्रहरी पनि वरिपरि घुमिरहेका थिए। प्रहरीकै आँखा अगाडि अवैधानिक बार्गेनिङ्ग गरिरहदाँ प्रहरी भने पत्ते नपाएझै गरिरहेको थियो ।

मैले जानकारी पाए सम्म प्रहरी पनि ति युवतीहरु संगको मिलेमत्तोमा व्यापार संचालन गर्छन । मैले रेट बढि भएको भन्दै अनकनाउन थाले पछि युवातिले २ जनाको ३ हजार सम्म जाने र आफ्नै नयाँ बसपार्कमा रहेको कोठामा जानुपर्ने बताइन् । युवतीसंगको वार्गेनिङ्ग सकिनै नपाउदै करिव २४र२५ जस्ती देखिने एक युवति अल्लारे पाराले अंगालोमा बाँधान…. गित गाउदै हामीतिर आइन् । उनले बाटोमा हिड्ने सबै यात्रुहरुलाई यौवन नजर लगाउदै थिइन्। अरु भन्दा अलिक फरक देखिने ति युवतीले मलाई आफुँ संग जान आग्रह गरिन् । मैले रेट भन्न लगाए । उनले होल नाइटको ३ हजार भनिन् । हामीले सबैको महंगो भएर तिमी संग अएको भने पछि उनले दुइ जना ५५ सयमा जाने बताइन् । मैले कहि नभएको रेट भो भने पछि उनले आफ्नै स्कुटर भएको बताउदै यातायात, होटल खर्च नलाग्ने बताइन्। हामीले सुनधारामा होटल लिएको बाहना बनायौँ। युवतीले होटल भए नभएको पुष्टि गर्न होला होटलको नाम सोधिन् हामीले होटलको नाम भिन्न बतायौँ। दुई जनाको ५ हजार रेट बताए पछि युवती यो स्थान प्रहरीको निगरानीमा छ भन्दै तर्किन। मैले बुझे अनुसार हिड्दा हिड्दै गरिने व्यापार भएकाले पनि दुई मिनेट भन्दा धेरै बार्गेनिङ्ग गर्न प्रहरीले नदिने रहेछ। मैले अलिक डराएको अभिनय गरे उनले मलाई विश्वास्त पार्दै प्रहरीले केहि नगर्ने बताइन्। त्यस पछि हामी रेट नमिलेको भन्दै स्मारिका नाम गरेकी युवाति निर पुग्यौँ । उनले धरान घर बताइन् । ति युवातिले पनि अन्य युवाति जस्तै शरीरको मुल्या तोक्न थालिन् । युवातिले शुरुको रेट २ हजार बताइन् । मैले यस अघि पनि कुरा नमिलेको सुनाए पछि उनले अरु युवातिले भन्दा भिन्न सन्तुष्ट दिने भन्दै अश्वास्त पार्न खोजिन् । त्यहि स्थानहरुमा अन्य युवाति संग बार्गेनिङ्ग गरेको देखेर पनि होला धेरै बार्गेनिङ्ग गर्न मानिनन् । युवातिले अन्तिम रेट १२ सय बताइन् । यसरी करिव १ घण्टाको समयमा हामीले करिव १ दर्जन युवातिहरु संग बार्गेनिङ्ग गर्दा सबैभन्दा सस्तो १२ सयमा जान ति युवती तयार भइन् ।

यी क्रियाकलापहरु गरिरहदाँ मलाई पोखराको बाग्लुङ्ग बसपार्कको याद आयो । गत वर्ष सो क्षेत्रमा मौलाउदै गरेको यौवन व्यापारको खोजखबार गर्दा पनि मैले यस्तै ग्राहकको अभिनय गर्नुपरेको थियो । मेरो लगायत स्थानिय पत्रकारहरुको निरन्तरताको खवरदारी र कास्की प्रहरीको सक्रियताले पोखराको बाग्लुङ्ग बसपार्कमा मौलाउदै गरेको यौवन व्यापार आलु व्यापारमा परिणत गराउन सफल भएका थियौँ । सो क्षेत्रमा दिन दाहडै हुने गरेका अवैधानिक यौवन व्यापारका दृश्यहरु निगरानी पश्चात एकाएक हट्न पुगेको थियो । यौन व्यापार गर्ने स्थान भनेर परिचित बाग्लुङ बसपार्कको होटल तथा रेष्टुरेन्ट यत्तिबेला बन्द गराई आलु व्यवसाय गर्ने थलो बनेको छ । काठमाडौँ रत्नपार्कको मात्र हैन यस्ता व्यापार हुने अन्यत्र ठाउँमा प्रशासनले यस्ता हर्कत हटाउन सक्छ । तर किन प्रयास गर्दैन प्रहरी प्रशासन ? किन मौन छन सम्बन्धित निकाय ? यसले के प्रष्ट पारेको छ भने कहि कत्तै प्रहरी प्रशासनसंग ति व्यापार गर्नेहरुको राम्रै सम्बन्ध छ की। अवैध यौन व्यापारलाई अपराध ठान्ने देशको सडकको पेटीमा खुलेआम एउटा चेलीको शरीर बेची रहदाँ प्रहरी प्रशासन के हेरिरहेको छ ? त्यहाँ कार्यरत प्रहरी कानमा तेल हालेर बस्नुको पछाडि के रहस्य छ ? के ति महिलाहरु गरिवी, अशिक्षाकै कारण यो पेशामा संलग्न छन ? ति युवतीहरुको भोलिको भविष्य के होला ? यी प्रश्नहरु जो कोहिलाई उब्जीन्छ । सडकमा बसेर शरीर बेच्नेहरुलाई बैकल्पिक व्यवस्था गर्नुपर्र्दछ । उमेर हुदाँ सम्म मागी खाने भाडो बनाएका ति महिलाको शरीरबारे अधिकारकर्मीहरुले सोच्नुपर्दछ । पेशामा संलग्न महिलाहरुलाई सहजीकरण गर्ने काम त्यहाँ पुगेका पुरुषहरुले पनि गर्नुपर्दछ । सास्कृतिक सदभावलाई कायम राख्न पनि प्रशासनले यसतर्फ ध्यान दिन जरुरी छ । आर्थीक उपार्जनका नाममा कथित व्यापारलाई प्रसाय दिने हो भने नेपाली समाज कहाँ पुग्छ ? यस तर्फ सबैले सोँच्ने कि ?

(लेखक सगरमाथा टेलिभिजन र युनाईटेड राष्ट्रिय दैनिकमा आवद्ध पत्रकार हुन्)