गत बर्षको नुवाकोट महोत्सवमा २० लाख मुनाफा

पुष ३, नुवाकोट-गत बर्षको नुवाकोट महोत्सवमा १९ लाख ३३ हजार नाफा भएको छ । बिहिबार बिदुरमा एक कार्यक्रमको आयोजना गर्दै आयोजक नुवाकोट उद्योग बाणिज्य संघले महोत्वसमा ७८ लाख १८ हजार रुपैयाँको कारोबार भएको जनाएको हो ।  त्यसमध्ये ५८ लाख ८४ हजार रुपैयाँ सञ्चालनमा खर्च गर्दै १९ लाख ३३ हजार रुपैयाँ संघले नाफा गर्न सफल भएको संघको भनाई छ । पहिलो नुवाकोट महोत्सव घाटामा गएको थियो भने दोश्रो नुवाकोट महोत्सवमा खर्च र आम्दानी समान भएको अबस्था तेश्रो नुवाकोट महोत्वसले बचत गरेको रकम र एक लाख १५ हजार अवलोकनकर्ताले सहभागिता जनाएकाले तेश्रो नुवाकोट महोत्वस सफल र ऐतिहासिक भएको संघका नुवकोट अध्यक्ष राजन श्रेष्ठले जानकारी दिनुभएको छ ।