मानवअधिकार आयोगले भन्यो ‘खोपको अभाव हटाउ’

काठमााडौँ-दक्षिण एशियाबाट नै पोलीयो उन्मुलन गरेको नेपालमा बेलाबेलामा खोप अवाभ हुदै आएकाले सरोकार वालाहरुले त्यसमा नजर लगाउन थालेका छन् । मलुकका विभिन्न क्षेत्रमा देखिएको खोपको अभाव समयमै हटाऊन मानवअधिकार आयोगले  निर्देशन दिएको छ ।बालबालिकाहरूलाई लगाइने एमआर तथा बीसीजी खोप देशको विभिन्न भागमा अभाव भएको बारे केही दिन अघि सञ्चार माध्यमहरूमा समाचार आएपछि आयोगले यस्तोे निर्देशन दिएको हो ।

यस सम्बन्धमा आयोगले गरेको अनुगमनबाट केन्द्रीय तथा क्षेत्रीय स्टोरहरूमा खोप सकिएको र केहीमा भर्खरै आएको जानकारी प्राप्त भएकोेले यथाशीघ्र खोप उपलब्ध गराउन तथा खोप लाउनबाट बञ्चित बालबालिकाको स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित गर्न आयोगले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।