अण्डर १४ एएफसी गर्ल्स फुटबलको आयोजना नेपालमा हुँदै

पुष ४, काठमाडौँ – नेपालले क्षेत्रीय एएफसी गर्ल्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । जुन अण्डर १४ को हुने एन्फाका कार्यबहाक अध्यक्ष ललितकृष्ण श्रेष्ठले बताए ।

कार्यबहाक अध्यक्ष का अनुसार सन् २०१५ को अप्रिल २० देखि २५ तारिखसम्म हुने प्रतियोगितामा नेपालका अलावा श्रीलंका र बंगलादेशले पनि दाबेदारी प्रस्तुत गरेका थिए । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इरान, माल्दिभ्स र भुटान गरि ७ देश सहभागी हुनेछन् ।