अमेरिका-क्युबा सम्वन्धमा ‘नयाँ अध्याय’ : ओबामा

बिबिसी-दुबै देशले कुटनीतिक सम्बन्ध पुन:स्थापित गर्न केहि महिनाभित्रै वार्ता शुरु गर्ने घोषणा गरेका छन् । दुबै देशका राष्ट्रपतिहरुले सम्वन्ध सुधार गर्न एक अर्काका बन्दीहरु मुक्त गर्ने, यात्राहरुमा लगाइएका प्रतिवन्ध फुकाउने जस्ता कदमहरु चालिने बताएका छन्।  सो ऐतिहासिक कदमको घोषणा गर्दै राष्ट्रपति बराक ओबामाले क्युबालाई एक्ल्याउने अमेरिकी नीति पूरै विफल भएको बताए। वार्तापछि राष्ट्रपति ओबामा र राष्ट्रपति राउल क्यास्ट्रोले अमेरिका र क्युबाले कुटनीतिक सम्बन्ध पुन:स्थापित गर्न केहि महिनाभित्रै वार्ता शुरु गर्ने घोषणा गरेका छन्।

राष्ट्रपति क्यास्ट्रोले अमेरिकालाई पाँच दशक लामो आर्थिक नाकाबन्दीले क्युबामा ठूलो मानवीय तथा आर्थिक क्षती पुर्याएको भन्दै नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका छन्। राष्ट्रपति ओबामाले क्युबालाई एक्ल्याउने प्रक्रिया स्पष्ट रुपमा विफल भएको भन्दै क्युबाबारे आफुले कंग्रेससँग इमान्दार र गंभीर कुराकानी गर्न चाहेको बताएका छन्। तर सन २०१६ का लागि राष्ट्रपतिका संभावित उम्मेदवार समेत रहेका फ्लोरिडाका गभर्नर जेब बुशले ओबामाको क्युबाबारेको निर्णय उनको कुटनीतिको पछिल्लो गलत कदम भएको बताएका छन्।