नेपाल विज्ञापन संघको निर्वाचन जारी

 पुस ३, काठमाडौं -नेपाल विज्ञापन संघको आज निर्वाचन हुँदैछ । संघको १५ औं वार्षिक साधारण सभाका अवसरमा हुन लागेको निर्वाचनमा   विज्ञापन एजेन्सी सञ्चालक व्यवसायीहरू रवीन्द्रकुमार रिजाल ९शशी० र सन्तोष श्रेष्ठबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनमा आगामी नयाँ नेतृत्व आफ्नो पक्षमा पार्न अहिले उनीहरूले छुट्टाछुट्टै समूह नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनमा कि एडभरटाइजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक एवं अध्यक्ष पदका उम्मेदवार रिजाल समूहले ‘अबको आन हरेक विज्ञापन एजेन्सीको सान’ भन्ने नारालाई अघि सारेको छ भने श्रेष्ठ समूहले ‘अग्रजलाई सम्मान युवापुस्तालाई प्रोत्साहन समृद्ध र सशक्त आन हामी सबैको पहिचान’ भन्ने मूल मन्त्रलाई आत्मासात् गरेको छ ।

दुवै समूहका उम्मेदारहरूले व्यवसायीको पेसागत हकहित र संरक्षणका लागि स्थापित विज्ञापन एजेन्सीको साझा संगठन आन भएकाले यस व्यवसायलाई थप मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन् । हरेक दुई÷दुई वर्षमा हुने नेपाल विज्ञापन संघको सो साधरणसभा निर्वाचनका लागि अहिले अध्यक्ष पदका उम्मेदवार रवीन्द्र कुमार रिजालको नेतृत्वमा १२ सदस्यीय व्यवसायीको समूह चुनावी मैदानमा उत्रिएको छ । यसैगरी सन्तोष श्रेष्ठको नेतृत्वको समूहमा पनि विभिन्न विज्ञापन एजेन्सीका सञ्चालक युवा व्यवसायी तीव्र प्रतिस्पर्धामा उत्रिएका छन् ।