संविधानका विबादित विषय एकातिर, शीर्ष नेता अर्कोतिर, सभासदहरु चिन्तामा

पुस ३,  काठमाडौँ-संविधानसभाले विबादित संविधानका विषयबस्तुमा सहमती गर्दै संविधान जारी गर्ने समय छोटीइरहेका बेला ति विषयहरु थाँती नै रहेका छन् । संविधान जारी गर्ने र सहमती गर्ने समय छोटीदै गएका बेला पसिन दलहरबिच विबादित विषयमा सहमति हुन सकेको छैन । यसैबिच संविधानसभाको आजको बैठकमा सभासद्हरूले राजनीतिक दलका शीर्ष नेताबीच संविधानका अन्तरवस्तुमा सहमति हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

राजनीतिक समितिको प्रतिवेदनको छलफलमा भागलिँदै  सभासदहरुले ६०१ सदस्यीय संविधानसभाबाट ७५ सदस्य रहेको संवाद तथा सहमति समितिमा पुनः प्रतिवेदन पठाउन नसकिने तर्क गरेका छन् । प्रतिवेदनका पक्ष र विपक्षमा बहस गर्नु निरर्थक भएको भन्दै उनीहरुले माघ ८ गते कुनै पनि हालतमा संविधान जारी गर्नैपर्नेमा जोड दिएका छन् । नेपाली काँग्रेसका धनराज गुरुङले सहमति गर्न विलम्ब गर्न नहुने भाषण गर्ने नेताहरूले आजसम्म संविधानका अन्तरवस्तुमा सहमति नगरेकामा खेद प्रकट गर्दै मतदानबाट तोकिएकै समयमा संविधान जारी गर्नुपर्ने बताए ।

नेकपा एमालका भरतमोहन अधिकारीले सहमति नभए प्रश्नावली तयार गरेर संविधानसभामा प्रस्तुत गर्ने कार्यतालिका पालना नभएकाले पूर्ण सभाबाटै त्यसलाई निरुपण गराँै भन्दै समय घर्किसकेकाले समस्याको गाँठो फुकाउन संविधानसभा अध्यक्षले नेतृत्व गर्नुपर्ने धारणा राखे । एनेकपा माओवादी का अग्निप्रसाद सापकोटाले इतिहासबाट पाठ सिक्न नसकेको र युगान्तकारी परिवर्तनलाई आत्मसात् गर्न नसकिएको, अन्तरिम संविधानको प्रस्तावनालाई बेवास्ता गरिएको, विगतका सम्झौता पालना नगरिएकामा आपत्ति प्रकट गर्दै संवाद तथा सहमति समितिमाथि निरन्तर प्रहार भएको गुनासो गरेका थिए ।