पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले देशबाट आतंकवाद निर्मुल पार्ने घोषणा

पुष ३, एजेन्सी -पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफले देशबाट आतंकवाद निर्मुल पार्ने घोषणा गर्नु भएको छ । पाकिस्तानको पेशावर शहरको एक सैनिक विद्यालयमा तालिवान विद्रोहीले आक्रमण गरी १ सय ३२ विद्यार्थीको ज्यान लिएपछि शरिफले आतंकवाद विरुद्धको प्रतिवद्धता दोहो¥याउनु भएको हो ।
सर्वदलीय वैठकपछि पत्रकार सम्मेलनमा बोल्दै सरीफले एक साताभित्र तालिवान विद्रोही विरुद्ध नयाँ अभियान थाल्ने जानकारी दिनु भया । साथै शरिफले मुलुकमा निलम्बनको अवस्थामा रहेको मृत्युदण्डको सजायलाई फेरी ब्युताउन सहमति जनाउँनु भएको छ् ।
पाकिस्तानी कानुनमा आतंकवादका दोषीलाई मृत्युदण्ड दिने व्यवस्था रहेको छ । अदालतले यस्ता कसुरमा मृत्युदण्डको सजाय सुनाउदै आएपनि सन् २००८ देखि मृत्युदण्डको सजाय कार्यान्वयनमा भने रोक लगाइएको थियो ।
आतंकवाद विरुद्ध निर्णायक युद्ध लड्ने समय आएको भन्दै शरिफले मृत्युदण्डको सजायमाथिको निलम्बन फुकुवा गनु भएको हो् । यसैबीच पाकिस्तानी सेना प्रमुख जनरल रहिम सरिफ तालिवान विरुद्धको साझा रणनीति तय गर्न आकस्मीक रुपमा अफगानिस्तानको राजधानी काबुल पुग्नु भएको छ ।
पेशावरमा भएको आतंकवादी आक्रमणको विश्वभरबाट आलोचना भइरहुँदा पाकिस्तान भने तीन दिने राष्ट्रिय शोकमा डुबेको छ ।
गत मंगलवार पेशावरको एक सैनिक बिद्यालयमा ७ जना आत्माघाती आक्रमणकारीले नरसंहार मच्चाएका थिए । आक्रमणमा परी १ सय ३२ बिद्यार्थी र १० शिक्षक मारीएका थिए । ७ जना आक्रमणकारी समेत मारीएको घटनामा पाकिस्तानी अर्धसैन्य बलका ११ जनाको ज्यान गएको थियो ।