चिसोका कारण बिरामीको संख्यामा बृदी

पुष ३, काठमाडौँ मौसममा एकाएक परिवर्तन भएर चिसो बढ्न थालेपछि कोलडायरिया का विमारी बढ्न थालेका छन् । गत शनिबारदेखि पश्चििमी वायुका कारण मौसममा बदली आएर बर्षा र हिमपात भएसँगै चिसो हावा चल्न थालेपछि मुलुकभरका अधिकांश क्षेत्रमा कोलडारियाका विरामीको संख्या बढेको विर अस्पतालले जनाएको छ ।

कोलडारीयासँगसँगै, निमोनिया तथा श्वासप्रश्वासका बिरामी बढ्न थालेको चिकित्सकहरुले बताएका छन् । बालबालिका र वृद्धवृद्धामा अधिक कोलडायरिया, निमोनिया र श्वासप्रश्वास बढेको र स्वास्थ्य चौकीमा उपचारका लागि आउन थालेको छ । काठमाडौँ उपत्यका बाहेक मुलुकभरका जिल्ला जनस्वास्थ्य कार्यालयमा पनि केही दिनदेखि चिसोका कारण हुने रोगका सङ्क्रमित आउने क्रम बढेको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।