अन्तर्राष्ट्रिय आप्रवासी दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइदै

पुष ३, काठमाडौँ- आज अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । विश्वभर विभिन्न कार्यक्रम गरी मनाइने यो दिवसमा नेपालमा यस बर्षको नारा सुरक्षित आप्रवासनको आवश्यकता, हामी सबैको प्रतिबद्धता भन्ने रहेको छ । दिवसका अवसरमा आज सरकारी तथा गैरसकारी संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दैछन् । श्रम तथा रोजगार मन्त्रालयको संयोजकत्वमा दिवस सप्ताहव्यापीरुपमा मनाइन लागीएको छ ।

सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हकअधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघीय महासन्धी पारित भएको दिनको सम्झनामा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ मा यो दिवस मनाउने गरिएको छ । रोजगारी र जीविकोपार्जनका लागि अर्को देशमा गइ बस्ने प्रकृयालाई आप्रवासन भनिन्छ । आप्रवासी कामदारहरुमा चेतना जगाउने, आप्रवासी कामदारहरुलाई सम्बन्धित देशका घरेलु कामदारलाई जस्तै मान्यता र सुरक्षा प्रदान गर्नुपर्ने सन्देशसहित विश्वभर यो दिवस मनाउने गरिन्छ ।