भारत,श्रीलंक र बंगालादेशको टिम नेपालमा

पुष २, काठमाडौँ- प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसीपमा सहभागिता जनाउन मित्र राष्ट्र भारत,श्रीलंक र बंगलादेशको टोली आज नेपाल आइपुगेका छन् । पाहुना टिमलार्ई नेपाल भलिबल संघका उपाध्यक्षद्घय मनोरंजन शर्मा र यमबहादुर गुरुङ, कोषाध्यक्ष निरोज मास्के लगायतले अन्तर्राष्ट्रिय विमान स्थलमा स्वागत गर्नु भएको छ ।
माल्दिभ्सको टिम मंगलवारनै नेपाल आई सकेको छ । प्रतियोगिता शुत्रवार देखि शुरु हुदै छ । प्रतियोगिताको प्राबिधिक तयारीका लागि बिहिवार रेफ्रि क्लिनिक हुने छ । क्लिनिकमा नेपालका राष्ट्रिय रेफ्रि १६ जना अन्तर्राष्ट्रिय ३ रहने छन भने माल्दिभ्स र श्रीलंकका एक–एक जना रेफ्रि रहने आयोजकले जनाएको छ ।