नोवेल पुरस्कार विजेता सत्यार्थी नेपाल आउने

पुष २, काठमाडौँ- नोवेल पुरस्कार विजेता भारतका सामाजिक कार्यकता कैलाश सत्यार्थी नेपाल आउनुहुने भएको छ । व्यवस्थापिका संसदको महिला, बालबालिका, समाजकल्याण तथा जेष्ठ नागरिक समितिले बालबालिकामाथि हुने हिंसा अन्त्य गर्ने विषयमा नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थीसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।

यस वर्ष शान्तितर्फ नोवेल पुरस्कार पाएका कैलाश शत्यार्थीसँग समितिले आगामी शुक्रबार छलफल गर्न बताइएको छ । भारतको बाल बचाउ आन्दोलनका सत्यार्थी समितिको निम्तोमा शुक्रबार नै काठमाडौं आउँने कार्यक्रम रहेको छ । समितिले सभासद डिल्ली चौधरीको पहलमा नोवेल पुरस्कार विजेता सत्यार्थीलाई नेपालमा बोलाएको हो ।

समितिकी सभापति रञ्जु झाले नेपाल र भारतमा बालबालिकामाथि हुने हिंसा समान प्रकारका भएको र समिति बालबालिकामाथि हुने हिंसा नियन्त्रण गर्न कानून बनाउने थलो भएकाले सत्यार्थीका अनुभव सुन्न उहाँलाई नेपाल बोलाइएको बताउनुभयो । नोवेल पुरस्कार विजेता सत्यार्थीले संविधानसभा भवनमा सभासदलाई प्रवचन दिने कार्यक्रमपनि राखिएको छ । सत्यार्थी सभासदलाई ४५ मिनेट लामो प्रवचन दिएपछि विभिन्न गैरसरकारी संस्थाहरुले गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।